यौन क्षमतालाई बढाउने यी १० उपाय

आफ्नो पार्टर तथा आफ्नै इच्छा बमोजिम यौन सम्पर्क गर्न नसकेर हिनताबोध गर्नेको जमात समाजमा प्रशस्तै पाइन्छ । यसो हुनुमा साधारण सावधानी नअपनाउँदा हुन सक्छ भने स्वास्थ्य अवस्था विग्रेर पनि हुन सक्छ । यसर्थ यहाँ साधारण सावधानी अर्थात केही कुरामा ध्यान दिने सकिए आफ्नो यौन क्षमतामा वृद्धि गर्न सकिने उपायका बारेमा जानकारी गराउन खोजेका हौं ।

१. गर्भनिरोधक औषधि परिवर्तन गरिरहनुहोस्

विवाहित महिलाले मात्रै होइन हिजोआज अविवाहित युवतीले समेत गर्भनिरोधक औषधि सेवन गर्ने गर्छन । लामो समयसम्म एउटै गर्भनिरोधक औषधि सेवन गर्दा शरीरमा हुने हर्मोनको मात्रा परिवर्तनले सेक्सप्रतिको उत्सुकता र लगावमा परिवर्तन ल्याउँछ । यसर्थ त्यसैले गर्भनिरोधक औषधि र विधिमा परिवर्तन गरे यौन क्षमतामा वृद्धि हुन सक्छ । साथै रक्तचाप, मधुमेह लगायतका विभिन्न रोगका विरामीहरुले चिकित्सकको सल्लाहमा बेलाबेलामा औषधिको ब्रान्ड परिवर्तन गर्नु उत्तम हुन्छ ।

२. सेक्सलाई पनि तालिकामा राख्नुहोस्youn1

अन्य दैनिक कार्य जस्तै सेक्सलाई पनि तालिकामा राख्दा फाइदाजनक हुन्छ । यसरी तालिकामा राख्दा यौन कार्यका लागि शारीरिक रुपमै तयार हुन मद्दत गर्दछ ।

३. घरको काम बाँड्न र ढोकाबन्द गर्न नभुल्नुहोस्

रातीको समयमा घरमा गरिने भान्सा लगायतका कार्य सँगै मिलेर गर्नुहोस् । ताकी जसले आत्मीयता बढाउन सकोस् । यसो गर्दा एकअर्कामा रतिरागात्मक भाव पनि उत्पन्न हुन्छ । साथै सुत्नु अघि ढोका बन्द गर्न नविर्सनुहोस् । अन्यथा आफ्ना छोरो छोरी वा अन्य सदस्य साथै विरालो लगायतले तपाईंको ध्यान र एकाग्रता तोडिन सक्छ ।

४. नाइट डेटिङमा जानुहोस्

समय–समयमा नाइट डेटिङमा जाँदा पनि यौन क्षमतामा वृद्धि गर्छ । विवाह अघि जस्तै सिनेमाको नाइट शो हेर्न, डिनर गर्न अथवा रात अन्तै कतै बिताउनेगरी जाँदा यौन चाहानामा वृद्धि हुन्छ ।

५. सेक्सअघि तनावर हित हुनुहोस्

सेक्स गर्नुअघि तनावरहित हुनु आवश्यक छ । तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन । यसर्थ तनाव रहित बन्ने प्रयास गर्नुहोस् ।

६. चिल्लो कम खानुहोस्

चिल्लोजन्य खानेकुरामा ध्यान दिनु आवश्यक छ – यौन क्षमता वृद्धिका लागि । चिल्लो खाने कुरा खाँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनाङ्ग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ । जसले गर्दा कामोत्तेजना हुँदैन । कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन । यसर्थ यौनबद्र्धक एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत खानेकुरा खान सकिए निकै लाभदायक हुन्छ ।

७. सम्बन्धको निरीक्षण गर्नुस्

दुई जनाबीचको सम्बन्धले पनि यौन कार्यमा प्रभाव पार्ने गर्छ । यसर्थ दुई जनाबीचको सम्बन्धलाई मेरो बोलीचाली तथा अन्य कार्यले कस्तो प्रभाव पारेको छ भन्ने बारेमा ध्यान दिनु आवश्यक छ । बेडरुमभित्रको सम्बन्धलाई बेडरुमबाहिरको सम्बन्धले धेरै हदसम्म प्रभावित गर्छ । एउटा फोन कल, सञ्चोबिसञ्चो सोध्ने बानीजस्ता स–साना कुराले दाम्पत्य जीवनमा ठूलो अर्थ राख्छन् ।

८. व्यायाम गर्नुहोस्


व्यायामले यौन जीवनलाई सुखद बनाउने सहयोग गर्छ । व्यायामले अझै महिलालाई भने यौन क्षमतामा वृद्धि गर्न निकै सहयोग गर्छ । साथै पार्टनसँगै व्यायाम गर्ने हो भने यौन चाहान र क्षमतामा वृद्धि गराउन अहम भूमिका निर्वाह गर्छ ।

९ . स्वास्थ्यबारे सचेत रहनुहोस्

विभिन्न किसिमको रोग लाग्नबाट बच्ने तथा लागेको खण्डमाचाँडै निदान गर्न तर्फ लाग्नु आवश्यक हुन्छ । छाला तथा योनी सुक्खा हुने, आलस्य महसुस हुने, निद्रालगायत समस्या देखिँदा चिकित्सकसँग परामर्श गरी बेलैमा निदान गर्ने तर्फ लाग्नु पर्छ ।
रोगले यौनेच्छामा कमी र गर्भक्षमतामा पनि ह्रास ल्याउने हुँदा सचेत हुन रक्त परीक्षण गराइरहनु पर्छ ।

१० . यौन चिकित्सकलाई भेट्नुहोस्

शरीर स्वस्थ तथा कुनै किसिमको समस्या नहुँदा पनि यौन चाहानमा र क्षमतामा वृद्धि नभए तुरुन्त चिकित्सकहरुलाई भेट्नु बुद्धिमानी हुन्छ ।
Loading...