विदेशबाट घर फर्कदै हुनुहुन्छ, कति वटा फोन ल्याउन पाइन्छ ? जानी राख्नुहोस्

नेपालीहरुको महान चाड दशैं तथा तिहारमा विदेशबाट घर फर्कने यात्रुहरुको चाप दिन प्रतिदिन बढ्दो छ ।रोजगारीका लागि विदेश गएका कामदार, उच्च शिक्षाका र भम्रण जानेहरुले नेपाल आउँदा परिवारका सदस्य तथा साथीभाइहरुलाई गिफ्ट ल्याउने चलन पनि बढ्दो छ । नेपालमा रहेकाहरुले पनि विदेशबाट आउने आफन्त तथा साथी भाइसँग भखरै सार्वजनिक भएका तथा चर्चित ब्रान्डका नयाँ मोबाइल गिफ्ट अफर गर्ने गर्छन् । परिवारका सदस्य र साथीभाइको आग्रह मान्ने हो भने नेपाल फर्कदा साथमा चारदेखि पाँचवटासम्म मोबाइल लिएर आउनुपर्छ । कतिपयले भने व्यापार गर्ने लक्ष्य समेत राखेर मोबाइल ल्याउँछन् ।

तर, उनीहरुलाई नेपालको भन्सार नियम कानुन थाहा नहुँदा नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको भन्सार कक्षमा आइपुगेपछि समस्यामा पर्छ । त्यतिमात्रै होइन, विदेशमा खरिद गर्दाको भन्दा बढी मूल्य भन्सारमा बुझाउन बाध्य हुन्छन् । झिटी गुन्डा सम्बन्धि ऐन नियमले भने विदेशबाट नेपाल फर्कनेहरुलाई आफूले प्रयोग गरेको एक सेट मोबाइल ल्याउन मात्र छुट दिन्छ । त्यसमा विदेशबाट आउनेहरुलाई आफूले प्रयोग गरेको पुरानो मोबाइल सेट बाहेक एउटा नयाँ सेट पनि विना शूल्य ल्याउन दिने गरेको विमानस्थल भन्सार विभागका प्रमुख योगेेन्द कुमार गौचनले जानकारी दिए ।

त्यस बाहेकको हकमा भने विदेशबाट आउनेहरुले व्यवाहरिक रुपमा ल्याउने केही मोबाइल सेटको लागत मूल्यको आधारमा भन्सार शूल्य तथा जरिवाना लाग्ने उनले बताए । ‘विदेशबाट नेपाल फर्कने यात्रुले २० हजारको मोबाइल सेट भन्सारले दिने सुविधाभन्दा बढी ल्याएमा ४० प्रतिशत भन्सार शूल्क र ४० प्रतिशत नै जरिवाना गरी ८० प्रतिशत रकम बुझाउन पर्ने हुन्छ’, गौचनले भने, ‘तर अशोभाविक रुपमा व्यापार गर्न कै लागि मोबाइल ल्याउनहरुको मोबाइल भने जफत गर्दै कारबाही हुन्छ ।’
Loading...