|
|
एक सय २० वर्षीया भीमा वलीले अझै पनि आफूले पोलेको मकै र भुटेको भट्ट (भटमास) खानसक्ने बताउँछिन्। आँखा नदेख्ने र कान नसुन्ने वलीको बोल्नलाई भने कुनै समस्या देखिएको छैन। ६ भाइ छोरा र ६ बहिनी छोरीलाई जन्म दिएकी वलीले आफूले काललाई पनि जितिसकेको बताउँछिन्। अन्तिम १२ औँ सन्तानका रुपमा कान्छो छोरा टीकाराम वलीलाई २०१६ सालमा जन्म दिएको उनले जानकारी दिए।
भात खाँदा आफूलाई घाँटीमा अड्कने बताउने भीमा वलीले मकैको रोटी दूधमा भिजाएर खान खजिलो हुने सबैलाई सुनाउँछिन्। प्रायः अन्य खानाबाट आफूलाई चिसो हुने बताउँदै आएकी वलीलाई चिया भने अनिवार्य खानैपर्ने बताउँछिन्। दैनिक खानामा दही, दूध पनि खाइरहेकी वलीले चाउचाउ खान पनि आफूले निकै मन पराउने बताउँदै भेट्न आउने सबलाई यस्ता उपहार लिएर आउन सल्लाह दिन्छिन्।
वलीले आफूले जन्म दिएका १२ सन्तानमध्ये हाल दुई छोरा र एक छोरी मात्र जीवित रहेको जानकारी दिइन्। जीवित रहेकामध्य छोरा हरिबहादुर वली र टीकाराम वली रहेका छन् भने छोरीमा ओइली खत्री रहेकी छन्।
अन्य नौ दिदीबहिनी र दाजुभाइको यसअघि नै मृत्यु भइसकेको छ। वि.सं. २०५२ सालमा नेपाली नागरिकताको प्रमाणपत्र बनाएकी वलीले नेपाल सरकारबाट बुझ्ने ज्येष्ठ नागरिक भत्ताले आफूले लगाउने कपडा र खानालाई चिनी, चियापत्ती खरिदमा खर्च गर्ने गरेको बताइन्।
उनको जन्म विसं १९५२/५३ सालतिर भए पनि नागरिकता बनाउँदा वि.सं. १९७५ साल लेखिदिएको उनी बताउँछिन्। तस्बिर: हेमन्त/ रासस
|
|
Asked the young man to death pyre water snake bite