बिबिसीले भारतीय नोट भन्दै नेपाली नोट देखायो भनेर भाईरल भएको वास्तविक कुरा त यस्तो पो रहेछ

भारत सरकारले भारु ५०० र १००० दरको को नोटमा प्रतिबन्ध लगाएको घोषणा गरे लगत्तै यो समाचारले संसारको ध्यानाकर्षण गरायो । समाचारहरुको हेड लाइनमा यहि बिषय मुख्य समाचार बन्यो ।
सबै समाचार संस्थाले आ आफ्नै ढङ्ग बाट समाचार प्रस्तुत गरे । तर यहाँ सबैको विश्वासिलो मानिने बिबिसी विश्व सेवाले भारतीय नोट भन्दै नेपाली नोटलाइ टेलिभिजन मार्फत देखायो भन्दै सामाजिक सञ्जालमा फोटो भाइरल बन्यो ।


प्रविधि नयाँ, प्रस्तुति पनि नयाँ हुनुले बिबिसी सेवा अरु भन्दा स्वभाविक रुपमा भिन्न छ नै । प्रविधिमा नयाँ प्रयोगको अभ्यास पनि सायद यिनै मिडियाले गरेका हुन्छन् । प्रस्तुति पनि अवश्य भिन्न हुन्छ । सायद हाम्रो पत्रकारिता भन्दा यिनीहरुले प्रयोग गर्ने पत्रकारिताका प्रबिधि पक्कै पनि अघि छन् । तर हिंजो आज सामाजिक सञ्जाल प्रयोग गर्ने हरुले आफ्नो चाहना अनुसार बिकृति फैलाउनु कुनै नौलो होइन ।

नेपाली नोटलाइ भारतीय नोट भनेर देखाइयो भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अफबाहनै फ़ैलाए तर त्यो सत्य नभई फोटोसपबाट मिलाइएको थियो ।
Loading...