|
|
त्यसैले आज हामी तपाईँहरूलाई ‘कत्ति तौल उत्तम हुन्छ’ भन्ने बारेमा जानकारी दिन गैरहेका छौँ।
“मेरो तौल कति हुनुपर्छ?”
तपाईँको तौल कति हुनुपर्छ (शरीरको उत्तम तौल) भन्ने प्रश्नको उत्तर पाउनको लागि धेरै पक्षहरूमा विचार गर्नुपर्दछ- उमेर, मांशपेसी-बोसो अनुपात, उचाई, लिङ्ग र हाडको घनत्व।
कतिपय स्वास्थ्य विशेषज्ञहरूले आफ्नो तौल ठीक्कको छ कि छैन भनेर जाँच गर्न ‘बडी मास इण्डेक्स’ (Body Mass Index- BMI) निकाल्नुपर्छ भनेर सल्लाह दिन्छन्। फेरि कतिपयले यो पनि भन्छन् कि BMI को उत्तर अशुद्ध हुन्छ किनभने यसले शरीरमा भएको मांशपेसीलाई गणना गर्न सक्दैन।
अर्को के कुरा पनि जानिराख्नुपर्छ भन्दा, कुनै एक व्यक्तिको उत्तम शारीरिक तौल अर्काको भन्दा फरक हुन सक्छ। यदि तपाईँले आफूलाई परिवार तथा साथीभाइसँग तुलना गर्नुभयो भने, तपाईँले आफूलाई कि मोटो ठान्नुहुन्छ, कि दुब्लो। परिवार र साथीभाइ भन्दा बाहिरका व्यक्तिहरूसँग तुलना गर्नु पनि राम्रो उपाय भने होइन।
बडी मास इण्डेक्स- BMI बाट आफू मोटो वा दुब्लो भएको कसरी थाहा पाउने?
BMI ले तपाईँको उचाई अनुसार तौल बढि छ कि घटि छ भनेर पत्ता लगाउँदछ।
आफ्नो BMI पत्ता लगाउने बिधि :-
तपाईँको तौल (किलिग्राममा) लाई तपाईँको उचाई (मिटर)को वर्गले भाग गरेपछि तपाईँको शरीरको BMI निस्कन्छ। जस्तै;
तपाईँको तौल = ५५ किलोग्राम
तपाईँको उचाइ = ५.६ फिट = ६६ इन्च = १.६७६४ मिटर
त्यसैले, BMI = तौल / (उचाइ)² = ५५ / (१.६७६४)² = १९.५
विश्वभरका स्वास्थ्य अधिकारीहरू के मान्छन् भन्दा:-
१८.५ भन्दा कम BMI हुने व्यक्तिलाई ‘दुब्लो’ भनिन्छ।
१८.५ देखि २५ सम्मको BMI हुनेलाई ‘उत्तम तौल’ भएको व्यक्ति भनिन्छ।
२५ देखि ३० सम्मको BMI हुनेलाई ‘अधिक वजन’ भएको व्यक्ति भनिन्छ।
३० भन्दा बढि BMI हुनेलाई ‘अति मोटो’ भनिन्छ।
BMI एउटा साधारण मापन विधि हो जसले व्यक्तिको कम्मर, छाति अथवा पिठ्यूँमा भएको मांशपेसी र बोसोलाई ध्यानमा राख्दैन। उदाहरणको लागि, सुसंगठीत शरीर भएको खेलाडीको BMI घरमै बसीबसी मोटाउनेको BMI भन्दा धेरै निस्किन सक्छ। घरमा बसेर मोटाउनेहरूको पेट ठूलो हुन्छ, मांशपेसी त्यति गँठिलो हुँदैन, पिठ्यूँ अनि साँफ्रालगायत रगतमा थुप्रै बोसो जमेर बसेको हुन्छ। त्यसैगरी खेलाडीको पेटमा बोसो जमेको हुँदैन, कम्मर पनि सानो हुन्छ तर मांशपेसी गँठिलो हुन्छ, जसको कारण उसको BMI धेरै आउन सक्छ। यदि BMI लाई उचित मान्ने हो भने घरमै बसीबसी मोटाउने व्यक्ति खेलाडी भन्दा स्वस्थ हुन्छ।
साथै यसले हाडको घनत्वलाई पनि विचार गर्दैन। कसैको हाड ठूलो हुन सक्छ तर मासु धेरै हुँदैन भने कसैको हाड सानो तर मासु धेरै हुन सक्छ, जसले गर्दा BMI ले यी दुईमध्ये कुन स्वस्थ छ भनेर ठेट उत्तर पत्ता लगाउन सक्दैन।
सामान्य रूपमा भन्नुपर्दा, केवल उचाई र तौललाई मात्रै ध्यानमा राखेर BMI निकालिन्छ। यो एउटा खेस्रा मापन विधि हो र यसले बोसो र मांशपेसीलाई छुट्याउन सक्दैन। तैपनि तपाईँले आफ्नो उचाई अनुसार तौल ठीक छ कि छैन भनेर BMI बाट थाहा पाउन सक्नुहुन्छ।
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"
|
|

Mother Pit Bull Finds Help From Strangers To Rescue Her Puppies - The incident took place in New Orleans when Villalobos team comes across with the stray looking dog. The dog actually is a mother who has recently delivered her babies.