|
|
चीनकी यी खोर्सानी बेच्ने केटीको फोटो सामाजिक सञ्जालमा भाइरल भएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । हेर्दा कुनै सुपर मोडलभन्दा कम नदेखिने यी चाइनिज केटी को हुन भन्ने खुलाइएको छैन ।सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यी केटीको सुन्दरतालाई लिएर टिप्पणी गर्दै फोटो शेयर गरिरहेका छन् । तर, यी चीनकी कुन ठाउँकी हुन भन्ने पनि खुलाइएको छैन ।पाकिस्तानको एक गाउँमा चिया बेच्ने अरशद अलि खानलाई यसै गरी सामाजिक सञ्जालले भाइरल बनाउँदा उनलाई मोडलिङमा र टिभी कार्यक्रममा काम गर्ने अवसर पाएको बताइएको छ ।नेपालकी ‘तरकारीवाली’ भनिएकी कुसुम श्रेष्ठले मोडलिङको अवसर पाइसकेकी छन् भने फिल्म खेल्ने निम्तो पनि पाएको समाचार आएका छन् ।चीनकी यी ‘खोर्सानीवाली’ ले त्यहाँ कस्तो रेस्पोन्स पाउँछिन् भन्ने कुरा हेर्न केही दिन पर्खनै पर्ने भएको छ ।
सामाजिक सञ्जाल पनि एक असरदार सञ्चार माध्यम हो भन्ने उदाहरण यी घटनाले देखाएका छन् ।तर, ‘धेरै खाए पछि चिनी पनि तितो हुन्छ’ भने झैं यस्तै भई रहे मानिसले वास्ता गर्नै छोड्लान भन्ने पनि डर रहेको छ ।
|
|

Asked the young man to death pyre water snake bite