|
|
डाँडागाउँ गाविस क्षेत्रमा ट्यक्टर चलाउँदै आएका धनकुटा नगरपालिका–१४ बेलहराका वर्ष २६ का प्रेम भण्डारीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। हत्या गरिएका भण्डारीको शव घटनास्थल नजिकै रहेको खोल्सीमा लगेर फालिएको अवस्थामा प्रहरी फेला पारेको छ।
हत्यामा संलग्न गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगारीको क्रममा हाल मलेसियामा रहेका कान्छा छोराकी श्रीमतीसँग भण्डारीले खुल्ला चौरमा यौन क्रियाकलाप देखेर रिस थाम्न नसरी घरमा रहेको बन्दुक ल्याएर गोली हानेको गुरुङले प्रहरीलाई बयान दिएको धनकुटाका प्रहरी उपरीक्षक विभुतीराज पाण्डेले बताए।
त्यसै गरी युवतीलाई बलात्कार गरेको अभियोगमा फुटबल प्रशिक्षक सुमन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। धनकुटाबाट हिलेबजारको एक होटलमा लगेर ती युवतीलाई ३ दिनसम्म बलात्कार गरेको आरोप लगाइएको छ। कोठामा थुनेर बलत्कार गरेको बताइएको छ। पीडित पक्षले अपहरण, बलात्कार र मानव बेचविखानको अरोप लगाएको छ। धनकुटाको फुटबलको विकासमा सक्रिय रहेका श्रेष्ठ वी लाइसेन्स प्राप्त प्रशिक्षक हुन्।
|
|

Choreographer And DIrector Shankar BC Interview On Canada Nepal