भन्टाका ११ फाइदा

भन्टा हेर्दा जतिक आकर्षक र राम्रो लाग्छ, स्वास्थ्यका हिसाबले पनि उत्तिकै आकर्षक र उपयोगी मानिन्छ । यो विशेषगरी फाइबर र भिटामिनले भरिपूर्ण हुन्छ । यसमा स्वास्थ्यका लागि महत्वपूर्ण मानिने फाइटोन्युट्रियन्ट पनि पाइन्छ, जसले एन्टिअक्सिडेन्ट क्रियाकलाप गर्छन् ।

अमेरिकामा भएको अनुसन्धानले पनि भण्टामा फेनोलिक तत्व पाएको देखिएको छ, जसले एन्टिअक्सिडेन्टको काम गर्छ । यसमा पाइने क्लोरोजेनिक एसिडले क्यान्सर निरोधी तत्वको काम गर्नुका साथै खराब कोलेस्टेरोल हटाउने र एन्टिभाइरलको रुपमा काम गर्ने बताइएको छ ।


भन्टा प्राचिन समयमा भारतमा जंगली फलको रुपमा परिचित थियो पनि इशापूर्व पाँचौ शताब्दिमा चीनमा पहिलोपटक खेती गर्न थालिएको इतिहास छ । यो अफ्रिकामा मध्ययुगतिर पुग्यो भने त्यसपछि युरोपतिर फैलिएको पाइन्छ । आजकाल इटाली, टर्की, इजिप्ट, चीन र जापानमा यसको खेति प्रमुखताका साथ गरिन्छ ।

१. मधुमेह नियन्त्रणमा राख्छ


भन्टा फाइबरको महत्वपूर्ण स्रोत भएकाले ब्लड सुगरलाई नियमित राख्न र ग्लुकोजलाई नियन्त्रण राख्न मद्धत गर्छ । यसले गर्दा टाइप टु डाइबिटिज लाग्नबाट बचाउँछ ।


२. मुटुरोग लाग्नबाट बचाउँछ


भन्टाको नियमित सेवनले कोलेस्टेरोलको तहलाई घटाउन सहयोग गर्छ । यसका साथै रक्तचापलाई स्थिर गर्न मद्धत गर्ने भएकाले मुटुको रोग लाग्ने सम्भावना कम गर्छ । यसमा पाइने पोटासियमका कारण शरीरलाई हाइड्रेट राख्छ ।


३. दिमागलाई स्वस्थ राख्छ


भन्टामा पाइने फाइटोन्युट्रियन्टका कारण दिमागको सेल मेम्ब्रेनलाई हुने सम्भावित क्षतिबाट बचाउ“छ र सन्देशलाई एक ठाउबाट अर्को ठाउमा पु¥याउन सहयोग गर्छ । यसबाट स्मरण क्षमतामा पनि वृद्धि हुन्छ ।


४. आइरनको उत्पादनमा सहयोग गर्छ


हाम्रो दैनिक जीवनलाई सहज पार्न शरीरमा आइरनको तत्व पनि आवश्यक हुन्छ । चाहिनेभन्दा बढी आइरन पनि शरीरलाई हानिकारक हुन्छ । भन्टामा पाइने नासुनिन तत्वले शरीरबाट अनावश्यक आइरन हटाउन मद्धत गर्छ । यसले हृदयाघातको खतरा पनि घटाउछ ।


५. तौल नियन्त्रण गर्न पनि मद्धत गर्छ


यसमा पानीको तत्व बढी हुनाले यसबाट क्यालोरीपनि कम प्राप्त हुन्छ । यहीकारण यो सबैभन्दा उत्कृष्ट खाद्यपदार्थ भएको छ । यसैले भन्टाको नियमित सेवनले तौल नियन्त्रण गर्नपनि सहयोग गर्छ ।


६. पाचन प्रक्रियामा सहयोग गर्छ


यसमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसबाट कब्जियत रोकथाम हुनुकासाथै कोलोन क्यान्सरको सम्भावनालाई पर राख्छ ।


७. दीर्घरोगबाट बचाउँछ


भन्टाको नियमित सेवनले मुटुको रोग र स्ट्रोक हुने सम्भावनालाई कम गर्छ ।


८. धूमपान हटाउन सहयोग गर्छ


भन्टामा थोरै मात्रामा निकोटिन हुन्छ । जसले बिस्तारै धूमपान हटाउन सहयोगी भूमिका खेल्छ ।


९. एन्टी ब्याक्टेरियल हुन्छ


यो भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ, जुन एन्टीभाइरल र एन्टी ब्याक्टेरियलको प्रभावकारी स्रोत मानिन्छ ।


१०. छालाका लागि उपयोगी


भन्टा मिनरल्स, भिटामिन र डाइटरी फाइबरको उच्च स्रोत हो । यसमा पानीको मात्रा पनि धेरै हुन्छ । त्यसैले यसले छाला सुख्खा हुन दिँदैंन र चम्किलो बनाउँछ । यसका साथै यसले छालाको क्यान्सर पनि रोकथाम गर्छ ।


११. कपालका लागि उपयोगी


भन्टामा पाइने पानीले कपालको जरालाई पोषण दिन्छ र कपाल पनि बढाउँछ ।
Loading...