|
|
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ सञ्चालन गरेर नागरिकको मनमा वस्न सफल कार्यक्रम प्रस्तोता लामिछानेलाई छाडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएसँगै अर्का प्रस्तोतालाई हातमा लिएका थिए । जुन विषय निकै विवादीत बनेको थियो ।
स्वतन्त्र संचारकर्मीलाई विश्वास नगरेर प्रधानमन्त्री दाहालले आफ्नो दलनिकटका पत्रकारलाई हात लिएको भन्दै सामाजिक सञ्जालहरुमा व्यापक विरोध भएको थियो । सञ्चारकर्मी लामिछानेको दमदार प्रस्तुतिबाट प्रभावित भएका आमदर्शकहरुले नयाँ प्रस्तोताको प्रस्तुतिशैलीप्रति गुनासो गरिरहेका छन् । र, क्रमशः उक्त कार्यक्रमको लोकप्रियता पनि घट्दो छ । नतिजास्वरुप पहिला नियमित भइरहेको कार्यक्रम अहिले पाक्षिक रुपमा प्रसारण हुन पनि धौधौ भइरहेको बुझिएको छ ।
दर्शकको चाहना पूरा गर्न र प्रधानमन्त्रीलाई चुनौती दिँदै लमिछानेले न्यूज २४ टेलिभिजनबाट नयाँ कार्यक्रम ‘सीधाकुरा जनतासँग’ सञ्चालन गर्न लागेका हुन् । नयाँ कार्यक्रमको उद्देश्य नेतृत्वप्रति नागरिकको गुनासो सुनेर नेतृत्वसम्मै पु¥याउँने रहेको सञ्चारकर्मी लामिछानेले वताएका छन् ।नयाँ प्रधानमन्त्रीसँग आफूले पटकपटक भेटको प्रयास गर्दा समेत भेट्न नसकेको लामिछानेले वताएका छन् । र, उनले आफ्नो कार्यक्रमबाट आमदर्शक प्रभावित हुने र कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । नयाँ कार्यक्रमको प्रोमो हेर्नुहोस् ।
|
|

Mother Pit Bull Finds Help From Strangers To Rescue Her Puppies - The incident took place in New Orleans when Villalobos team comes across with the stray looking dog. The dog actually is a mother who has recently delivered her babies.