|
|
लमजुङ जिल्ला अदालतले २०७३ भदौ ८ गते उनीमाथि लागेको मानव बेचविखन तथा ओसारपसार मुद्दामा २० हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको थियो। उक्त रकम जुटाउन नसकेपछि उनी छोरासहित जेल परेकी हुन्।
‘घरमा पनि आउने बाटो केही छैन,’ उनले भनिन्,‘त्यती ठूलो रकम कसरी जुटाउने?’, उनले आफू कुनै अपराध नगरेको तर कानुन मान्न तयार रहेको बताइन्।
आमासँगै जेलमा बस्दा सुजनको पढाइ प्रभावित भएको छ । ‘छोराको बारेमा चिन्ता छ,’ उनले भनिन्,‘ पढ्ने बेला छोरालाई आफूसँगै जेलमा राख्नुपर्दा ज्यादै चिन्तित छु।’
बालबालिकालाई जेलमा राख्न नपाउने प्रावधान भए पनि उनको उद्धारको लागि बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायबाट भने खासै चासो देखाइएको छैन। अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ ।
|
|

Asked the young man to death pyre water snake bite