|
|
सांस्कृतिक कार्यक्रममा पुरुष कलाकारभन्दा महिला कलाकारको बढी माग हुने र आम्दानी पनि सोही मात्रामा हुने गरेको देखिन्छ । महँगो जीवनशैली अपनाउने गरेका पछिल्लो समयका चल्तीका हिरोइनको कमाइ पनि कम्ती छैन । उनीहरूले फिल्म होस् या भिडियो या विज्ञापन, फेसन सो तथा कार्यक्रममा अतिथि जहाँ पनि आकर्षक पारिश्रमिक पाउने गरेका छन् । एउटा फिल्ममा अभिनय गरेबापत लाखौँ पारिश्रमिक लिने गरेका कतिपय हिरोइन भने आफ्नो ‘रेट’ मात्र होइन, कमाइ पनि बताउन मान्दैनन् ।
‘पारिश्रमिक हेरीहेरी हुन्छ,’ उम्किन खोज्दै प्रायः अभिनेत्री भन्छन्, ‘टिम, प्रोडक्सन भ्यालु, निर्देशक तथा ट्युनिङका आधारमा पनि ‘कन्सिडर’ गर्नुपर्ने अवस्था हुन्छ । त्यसकारण ठ्याक्कै यति नै रेट हो चाहिँ भन्न सकिन्न ।’
चार वर्षअघि शोभित बस्नेतले रेखा थापालाई सर्वाधिक पाँच लाख रुपैयाँ पारिश्रमिक दिएर ‘जाऊँ हिँड पोखरा फिल्ममा अभिनय गराएको खबर फैलिएको थियो । रेखाले पनि सो फिल्मबाट आफूले सर्वाधिक पारिश्रमिक पाएको बताएकी थिइन् । यसलाई नै मानक मानेर हेर्ने हो भने पनि चल्तीका हिरोइनले एउटा फिल्ममा अभिनय गरेबापत पाँच लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । तर, यो त चार वर्षअघिको, अपवादको कुरा भयो । रेखाले जति महँगो पारिश्रमिक अरू हिरोइनले पाएको सुन्न त पाइएला, तर वास्तविकता त्यसो नहुने सम्भावना ९९ प्रतिशत हुन्छ ।
‘शोभित दाइले अफर गर्नुभयो । त्यतिवेला मेरो सेड्युल नमिल्ला जस्तो थियो,’ रेखा भन्छिन्, ‘मैले उहाँसँग पहिला पनि काम गरिसकेकाले मेरो डिमान्डअनुसार पारिश्रमिक दिनुभयो । अनि मैले गरेँ ।’ शोभित भने जाऊँ हिँड पोखरामा रेखा नै फिट हुने भएकाले उनलाई सर्वाधिक पारिश्रमिक दिएको बताउँछन् । पछिल्लो समय बाहिरी ब्यानरका फिल्ममा अभिनय गरिरहेकी रेखा सधैँ, सबै फिल्ममा ‘जाऊँ हिँड पोखरा’कै जस्तो धेरै पारिश्रमिक लिने गर्दिनन् । ‘कतिपय सम्बन्धका आधारमा कन्सिडर गर्नुपर्ने हुन्छ,’ रेखा भन्छिन्, ‘कसैले मविना फिल्म नै बन्दैन भन्छ भने त्यहाँ पनि मैले बुझिदिनुपर्छ । किनभने म एउटी कलाकार मात्र नभई निर्माता पनि हुँ ।’
निर्देशकका रूपमा समेत आफूलाई परिचित गराउन लागेकी अर्की अभिनेत्री झरना थापा पनि आपसी समझदारीमा पारिश्रमिक तय हुने गरेको बताउँछिन् । ‘सबै नेपाली दाजुभाइ हौँ, यसो मिलाएर काम गर्नुपर्छ,’ उनी भन्छिन्, ‘कुनैमा तीन–साढे तीन लाखसम्म पनि हुने गरेको छ । कुनैमा दुई, सवा दुई पनि भएको छ । समय, सम्बन्ध र प्रोडक्सनअनुसार पनि पारिश्रमिक लिने गरेकी छु ।’
झरना आफैँ निर्माता पनि भएकाले निर्माताको पीडा बुझ्ने अभिनेत्रीमा पर्छिन् । अहिले चल्तीमा रहेकी अभिनेत्री केकी अधिकारी पनि पारिश्रमिकको मामलामा खुलेर बोल्दिनन् । ‘टिम, प्रोजेक्ट हेरेर हुन्छ,’ उनी भन्छिन्, ‘निरन्तर सँगै काम गरिरहेको टिम प¥यो अलि कन्सिडर हुने गर्दछ । तर, अहिले सबै व्यावसायिक छन् । पारिश्रमिकका मामलामा किचकिच गर्ने, बार्गेनिङ गर्ने गरेको पाएकी छैन ।’
केकीले खुलेर नबताए पनि उनले एउटा फिल्मबाट साढे तीन लाखसम्म माग गर्ने गरेको बुझिन्छ । म्युजिक भिडियो पनि निरन्तर गर्दै आएकी उनले एउटा भिडियोमा अभिनय गरेबापत ५० हजार रुपैयाँ सम्म पारिश्रमिक तोेक्ने गरेकी छिन् ।
अभिनेत्री महिमा सिलवाल महिनामा कम्तीमा एक लाख रुपैयाँ कमाइ हुने गरेको बताउँछिन् । ‘फिल्म गरियो भने दुई लाखसम्म पारिश्रमिक लिने गरेकी छु,’ उनी भन्छिन्, ‘निरन्तर काम गरिरहेको टिमसँग हो भने साढे एक लाखसम्ममा पनि चित्त बुझाउने गरेकी छु ।’ आफूले एउटा म्युजिक भिडियोमा अभिनय गरेबापत २५ हजार रुपैयाँसम्म लिने गरेको उनी बताउँछिन् । फिल्म, म्युजिक भिडियो मात्र होइन, फेसन सो र विज्ञापनमा अभिनय गरेर पनि राम्रो कमाइ हुने गरेको छ उनको । ‘विदेशको प्रोग्रामबाट पनि राम्रै पारिश्रमिक आउँछ,’ उनी भन्छिन्, ‘कुन देश र कतिवटा सो गर्नुपर्ने हो, त्यहीअनुसार पारिश्रमिक लिइन्छ ।’ अलि राम्रो देश पर्दा एक साताकै प्रोग्रामबाट तीन लाखसम्म कमाइ भएको छ रे उनको ।
‘थ्री लभर्स’, ‘मधुमास’, ‘अझै पनि’, ‘चंखे शंखे र पंखे’ तथा प्रेमगीतकी हिरोइन पूजा शर्माले भने ‘म यस्तो गीत गाउँछु’मा आएर पारिश्रमिक ह्वात्तै बढाएकी छिन् । प्रेमगीतमा तीन लाख रुपैयाँ पारिश्रमिक लिएको बताउने पूजाले अब बन्न लागेको ‘म यस्तो गीत गाउँछु’मा भने साढे चार लाख रुपैयाँ पारिश्रमिक लिएको बताइन् । ‘समयअनुसार पारिश्रमिक त बढाउनुप-यो नि, होइन र ?’ उनी भन्छिन्, ‘त्यही भएर अब बन्न लागेको म यस्तो गीत गाउँछुमा साढे चार लाख रुपैयाँ ‘चार्ज’ गरेकी छु ।’ हत्तपत्त म्युजिक भिडियो गर्न रुचि नलाग्ने बताउने पूजाले राम्रो गायक र निर्देशकको भएमा मात्र भिडियो गर्ने गरेकी छिन् रे । एउटा भिडियो गरेबापत ३५ देखि ४० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेको पनि उनले बताएकी छिन् ।
सविना कार्की भने अचेल फिल्मभन्दा बढी म्युजिक भिडियोतिरै व्यस्त छिन् । अहिलेसम्म दुई सयभन्दा बढी भिडियोमा अभिनय गरिसकेको बताउने सविनाले प्रतिभिडियो २० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गर्दछिन् । फिल्ममा भने साढे एक लाखसम्म पारिश्रमिक पाएको अनुभव उनको छ । त्यसैगरी, फिल्ममा कम, म्युजिक भिडियोमा बढी व्यस्त हिरोइन हुन्, सारिका केसी ।
‘कान्छी मट्याङट्याङ’, ‘लक्ष्य’ र ‘सरकार’ फिल्ममा अभिनय गरेकी सारिका प्रतिभिडियो २० देखि २५ हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेको बताउँछिन् । फिल्ममा भने पौने दुई लाखसम्म पारिश्रमिक पाएकी छिन् रे । फिल्मका साथै म्युजिक भिडियोमा पनि व्यस्त भइरहने अभिनेत्री हुन्, अनु शाह । सधैँ सुटिङमै व्यस्त हुने गरेकी अनु ‘प्रोजेक्ट हेरेर’ पारिश्रमिक तोक्ने गरेको बताउँछिन् । प्रतिफिल्म पौने दुई लाख पारिश्रमिक तोक्ने गरेकी उनी कतिपय फिल्मबाट पूरा पैसा नपाएको गुनासोसमेत गर्छिन् ।नयाँ पत्रिका दैनिकबाट
|
|

Mother Pit Bull Finds Help From Strangers To Rescue Her Puppies - The incident took place in New Orleans when Villalobos team comes across with the stray looking dog. The dog actually is a mother who has recently delivered her babies.