किन फरफराउछ आँखा ? के शुभ र अशुभस‌ंग यसको सम्बन्ध छ ?

आज मेरो देब्रेआँखा बिहान देखि फरफराऊदैछ । केहि अशुभ होला कि? रिसेप्सनिष्ट पदको लागि अन्तर्वार्ता दिन हिडे कि शान्तीले साथी रितालाई भनिन् । ए देब्रे आखाँ फरफराउनु त राम्रो होईन भन्छन्, दाहिनेआखाँ फरफराउनु शुभ मानिन्छ अरे । सगैं परिक्षा दिन हिंडेकि रिताले भनिन् ।

ए, जाऊ जे होला–होला भनेर दुबै जान परिक्षा हाल तिर लागे । आँखा फरफराऊदा हामी यसलाई शुभ तथा अशुभ हुन्छ भनेर संबन्ध जोड्छौ । तर, हाम्रो आखाँ फरफराउनुको शुभ या अशुभ संग कुनै सम्बन्ध छैन । यो एउटा समाजिक अन्धबिश्वास हो । जसको कुनै बैज्ञानिक आधार छैन । शारीरिकरुपमा हेर्दा यो एक सामान्य प्रकृया हो, जसले व्यक्तिको शरीरिक अवस्थालाई झल्काउछ ।

आखाँ फरफराउनु भनेको हाम्रोआखाँको मथिल्लो या तल्लो परेलामा अनियन्त्रित रुपमा कम्पन हुनु हो । बिशेषगरी आखाँ फरफराउदा माथिल्लो परेला फरफराउने गर्दछ । आखाँ फरफराउनुलाई मेडिकल भाषामा “ब्लेफारोस्पाज्म” भनिन्छ । यसले दुबै आखाँको मान्सपेशीमा प्रभाव पार्दछ । कसैको आखाँ केहि क्षणको लागि मात्र फरफराउने गर्दछ भने कसै कसैको लामो समयसम्म पनि फरफराउन सक्छ । पुरुषको तुलनामा महिलाका आखाँ फरफराउने समस्या बढिनै देखिन्छ ।

कारण: आखाँ फरफराउनुका कारण यहि नै हो भनेर ठोकुवा गर्न मिल्दैन । किनभने यसको कारण हालसम्म अज्ञात छ । चिकित्साबिद्हरुको भनाईअनुसार संभावित कारणहरुमा निम्न लिखित कारणहरु हुन सक्छन् :
१) आखाँको थकान, धेरै टिभी हेर्नु, दिनभरी कमप्युटर, ल्यापटोप चलाउनु, मोबाईलमा गेम खेल्नु, वा स्क्रिनमा लामोसमय हेर्दा, बिषेशगरी आखाँमा बढी दबाब पर्ने भएकोले आखाँ फरफराउने समस्या देखा पर्न सक्छ ।
२) मानसिक तनाव, हामी सबैलाई धेर-थोर केहि न केहि तनावले सताईरहेको हुन्छ । अत्यधिक तनाव हुँदा शरीरले बिभिन्न किसिमबाट प्रतिक्रिया दिने गर्दछ । आखाँ फरफराउनु पनि शरिरले दिने एक किसिमको प्रतिक्रिया नै हो भन्न सकिन्छ । बिषेशगरी दृष्टि सम्बन्धी समस्या जस्तै- आधा टाउँको दुख्नु ( माइग्रेन) कमजोर दृष्टी हुनेहरुको आखाँ बढी फरफराउने गर्दछ ।
३) आखाँमा दबाव, धेरैबेरसम्म कुनै बस्तुलाई लगातार टक लगाएर हेरिरहँदा पनि आँखामा बढि दवाब पर्न जान्छ र आँखाका मान्सपेशिहरुलाई फेरि एक्टिभ गर्नकोलागि पनि आखाँ फरफराउने गर्दछ ।
४) यदि तपाई लामोसमय देखि प्लस/ माईन्स भएको पावरवाला चश्मा लगाउनु हुन्छ र एक्कासी चश्मालागाउन छोड्नुभयो भनेपनि आखाँ फरफराउने हुन्छ ।
५) मधपान, अत्याधिक मदिरापान तथा लागुपदार्थको सेवनले पनि आँखा फरफराउने हुनसक्छ ।
६) आँखा सुख्खा हुनु, कन्टयाक्ट लेन्सको प्रयोग गर्ने तथा बृद्ध-बृद्धाहरुको आखाँ सुख्ख (ड्राई) भएर चिप्रा (कचेरा) आउने, बिहान उठ्दा आखाँ टालिने यस किसिमको अवस्थामा पनि आँखा फरफराउने समस्या देखा पदर्छ ।
७) खानपान, आफ्नो खानपानमा शरिरलाई चाहिने विषेश प्रकारका पौष्टिकतत्वहरु जस्तै मेग्नेशियम, जिकंको अभाव भएमा परेलामा कम्पन हुन्छ र आँखा फरफराउने हुन्छ ।
८) एलर्जी, कसै-कसैलाई धुलो, धुवाँ तथा चर्को घाम (प्रकाश) बाट पनि आँखाको एलर्जी हुने गर्दछ । आँखाको एलर्जी हुँदा चिलाउने, सुन्निने तथा आँखा रसाउने पनि हुन्छ । यही एलर्जीको कारणले गर्दा पनि शरिरले देखाउने प्रतिक्रियाको रुपमा आँखा फरफराउने गर्दछ ।
९) अनिन्द्रा, धेरै रातसम्म कुनै कारण बस निदाउन नपाउँदा अथवा निन्द्रा न लाग्ने समस्या छ भनेपनि बिहानको बेला आँखा फरफराउने गर्दछ ।
१०) वंशानुगत, परिवारमा कसैलाई आँखा फरफरफराउने समस्या छभने घरका अन्य सदस्यहरुलाई पनि यो समस्या हुने बढि संभावना रहन्छ ।

लक्षण: अधिकांश ब्याक्तिहरुमा कुनै प्रकारको पुर्वसंकेत बिना नै आँखा फरफराउने समस्याको बिकास हुन्छ । आँखा पोल्नु र थकानको साथै फरफराउने क्रमिक रुपमा बढदै जान्छ । कसै-कसैलाई यो समस्याको साथै भावनात्मक तनाव या संवेदनशिलताको पनि अनुभव हुनसक्छ । कुनै काम या कुनै बिषयमा ध्यान केन्द्रित गरिरहेको छ अथवा सुतिरहेको अवस्थामा आँखा फरफराउन कम हुन्छ । अत्याधिकरुपले आँखा फरफराउन थालेमा अनुहारको मान्सपेशीहरुमा ऐठन पनि हुने संभावना रहन्छ ।

जटिलता: यदि आँखाको फरफराउने समस्या लामो समयसम्म चलि नै रहयोभने आखाँको नानी (कोर्निया) क्षतिग्रस्त भई सदाका लागि आँखा बिग्रिन सक्छ । यसैगरि आँखा फरफराउनुको साथै अनुहारको मान्सपेशीहरुमा पनि फुरफुराउने, ऐठन हुने जस्ता समस्या देखा पर्दछ । यसले आखाँको मान्सपेशीको क्यान्सर हुने पनि संकेत गरिरहेको हुनसक्छ ।

रोकथाम: आँखा फरफराउनुको कुनै ठोसकारण न भएको हुँदा यसलाइ रोक्ने निश्चित कुनै उपाय पनि छैन । तर कुनैपनि कुरा बिनाकारण हुँदैन भने जस्तै के कारणले गर्दा तपाईको आँखा फरफराउन थाल्छ । त्यसलाई बिचार गरेर यस समस्यालाई रोकथाम गर्न सकिने छ । आफ्नो दैनिक आहारमा हरियो सागसब्जिहरु, फलफुलमा केरा, सुन्ताला, मौसम, किसमिस समावेस आवश्यक रुपले गर्ने जुनमा प्रचुर मात्रामा पोटासियम, मेगनेशियम र जिकं पाईन्छ। यसको सेवनले यो रोगलाइ निको पार्नमा मद्दत पुर्याउछ । अत्यधिक मधपान, धुम्रपान, कफीको सेवनको कारणले होभने यसको सेवन न गर्नु नै बेश हुन्छ, यदि छोड्न सकिंदैन भने बिस्तारै कम गर्दै लैजानु पर्दछ । कतिपय मानिसहरुले आखाँ फरफराउन रोक्नको लागि परेलामाथी सानो कागजको टुक्रालाई टाँसेर राख्ने गर्दछन् । यसबाट पनि आखाँको कम्पनलाइ अलि कति भएपनि कम गराउनमा मद्दत पुराउँछ ।

के गर्ने: पूर्णरुपले आराम गर्ने । तनाव वा चिन्ता नलिने । हल्क किसिमले आँखाको लिडलाई सफा गर्ने । आँखाको तनाव लाई कम गर्न सनग्लास (चश्मा) लगाउने । मस्तसंग निदाउने । आखाँ सुख्खा( ड्राई) छभने चिप्लो पार्ने आईड्रप (आँखामा हाल्ने झोलऔषधि) चिकित्सकको सल्लाहमा हाल्ने । काँक्रो, आलुको पातलो मसिनो गोलोआकारमा चाना बनाइ प्रभावित आँखामाथि केहि बेर राख्ने । आखाँमा आईड्रप हाले जस्तै गुलाव जलको केहि थोपा हाल्ने । यसले आँखा सफा गर्नमा मद्दत पुराउछ । बिहान- बेलुकी मुखधुँदा आँखामा पानी छ्याप्ने (धुने) ।

के न गर्ने: आँखालाई माड्नु हुँदैन । आखाँको सुरक्षाका उपायहरुलाई फलो गर्ने । आखाँको व्यायम गर्ने । योग, ध्यान आदि गर्नलेपनि यसमा फाईदा हुन्छ ।

उपचार: हुन त आँखा फरफराउनु सामान्यतया केहि छिन मै छाड्दछ । कुनै प्रकारको औषधिको आवश्यकाता नै पर्दैन । तर यदि लामो समयसम्म आँखा फरफराएर समस्या नै हुने गर्दछ भने त्यसलाई बेवास्ता गरेर बस्नु राम्रो हुदैन । तुरन्त नजिकैको आखाँ अस्पताल, किल्निक वा आफ्नो फेमिली चिकित्सकसँग सल्लाह लिनु जरुरी हुन्छ । होमियोप्याथीमा रोगीको उपचार उसको समस्टिगत लक्षणहरुको आधारलाई मध्येनजर राखेर उपचार गरिने गरिन्छ । रोगीको मानसिक लक्षणहरुलाई उपचारको क्रममा बढि महत्व दिईने गरिन्छ, किनभने यो रोगको मुख्य केन्द्र बिन्दू हाम्रो मस्तिष्कको एक भाग (Basal Ganglion) हो । यसै ग्लान्डस (ग्रन्थी) द्वारा शरिरका मस्सलहरु नियन्त्रित हुने गर्दछन् । भनिन्छ एलोप्याथिकमा यस रोगको कुनै उपचार नै छैन । होमियोप्याथि चिकित्सामा यसरोगको लक्षणअनुसार प्रयोग गरिने केहि औषधिहरु निम्नलिखित छन् ।
१) बेलाडोना (२) हिपर सल्फर (३) केमोमिला (४) कुप्रम मेटालिकम (५) नेट्रम –म्युर (६) सिना ( ७) जिकंम (८) जेल्सिमियम (९) युफ्रेशिया (१०) नक्स भोम (११) पल्साटिला (१२) रसटक्स (१३) पलम्बम (१४) एगारिकस (१५) मेगफाँस (१६) मर्कशल (१७) ईग्नेशिया आदि। उपरोक्त औषधिहरुको प्रयोग कुनै स्थानिय होमियोप्याथिक चिकित्सकसँग सल्लाह लिई प्रयोग गर्नु लाभदायक हुन्छ ।कान्तिपुरबाट
Loading...