|
|
१. १०० ग्राम अदुवा धुलो बनाउनुस्। दुई तिन चम्चा मह त्यसमा मिसाएर पेस्ट बनाइ दिनको दुइ पटक दुई-दुई चम्चा खानुस्।
२. एक कप पानीमा २-४ ल्वाङ, २-४ कालो मरिच अनि एक टुक्रा अदुवा हालेर उमाल्नुस्। अनि एक-एक चम्चा कागतीको रस र मह मिसाएर दिनको २-३ पटक पिउनुस्।
३. गाँजर नियमित खानुस्। यसमा भिटामिन ए, सी र एन्टीअक्सीडेन्टसले निकै फाइदा पुर्याउँछ। गाँजरको रसमा २ चम्चा मह मिसाएर दिनको ३-४ पटक खानुस्।
४. दुई चम्चा अंगुरको रसमा दुई चम्चा मह मिसाएर दिनको तीन पटक पिउनुस्।
५.हिंङमा थोरै पानी मिसाएर पेस्ट बनाउनुस्। यसलाई छातीमा लगाएर ओढ्ने ओढेर सुत्नुस्। आधा चम्चा हिगंको धुलो, १ चम्चा अदुवाको धुलो र दुई चम्चा मह मिसाएर दिनको ३-४ पटक खानुस्।
६. बिहान उठेपछि काँच्चो लसुनको ३-४ केस्रा चपाएर खानुस्। यसको एन्टी ब्याक्टेरियल विशेषता कफ र खोकी निकोपार्न सहयोगी हुन्छ।
७. मनतातो दुधमा केही दाना मरिच र एक चम्चा मह मिसाएर सुत्ने समयमा पिउनुस्।
८. खुर्सानी अनि मसाला भएको खानाले पनि जम्मा भएको कफबाट मुक्ति दिलाउँछ।
९. तातो सूप (चिकेन वा खसी) पिउनुस्। नेपाली हेडलाइन
|
|

Asked the young man to death pyre water snake bite