|
|
धार्मिक तवरले हेर्ने हो भने, शनिवारको दिनलाई श्रीरामभक्त(पवनपुत्र हनुमानजीको पूजा र शनिदेवको आरधना गर्नको लागि सबैभन्दा सुभ दिन मानिन्छ। हुन त शनिवारको दिन नै बिदा मिल्ने हुनाले अधिकांशले यस दिनमा विभिन्न किसिमका सामानहरूको किनबेच गर्ने गर्छन्।
तर के तपाईँलाई थाहा छरु शनिवारको दिन ‘शनिदेव’को दिन हो र यो दिनमा कुनै(कुनै निश्चित वस्तुको खरीदबिक्री गर्नाले त्यस व्यक्तिको जीवन अनि घर–परिवारमा अशुभ हुने शनिचालिसामा उल्लेख गरिएको छ। आउनुहोस्, जानौँ कुनकुन सामानको खरीदबिक्रि गर्दा शनिदेवको दृष्टि परि तपाईँलाई अशुभ हुन्छः
१. फलामको वस्तु
के मानिन्छ भन्दा, शनिवारको दिन फलामको वस्तु दान गर्दा सबैभन्दा शुभ हुन्छ भने त्यहिँ फलामको सामान किन्दा अथवा बेच्दा अशुभ हुने गर्दछ। त्यसैल यस दिनमा झुक्किएर पनि फलामको सामान खरीदबिक्रि गर्नुहुँदैन।
२. तेल
शनिवारको दिनमा शनिको दृष्टिले थुप्रै वस्तुहरूमा प्रभाव परिरहेको हुन्छ। यदि तपाईँ शनिवारको दिन जुनकुनै प्रकारको तेल किन्न अथवा बेच्न जाँदै हुनुहुन्छ भने रोकिहाल्नुस्, किनभने यो दिन तेलको व्यापार गर्नाले रोगव्याधले सताउने विश्वास गरिन्छ। तर शनिवारको दिन तेलको दान गर्नु चाहिँ शुभ मानिन्छ।
३. नुन
घरको लागि नुन किन्नुपर्यो भने शनिवार बाहेक अन्य कुनै दिनमा किन्नुहोस्। यो दिन नुन किन्दा ऋणले सताउने सम्भावना बढ्दछ।
४. कैँची
कैँचीको काम भनेको कि काट्ने हो। त्यसैले शनिवारको दिनमा कैँचीको खरीद गर्दा तपाईँको आत्मिय साथी अथवा परिवारसँगको सम्बन्ध बिग्रने सम्भावना हुन्छ।
५. कालो तिल
शनिवारको दिन शनिदेवको पूजा गर्दा कालो तिल चढाउन नबिर्सनुहोला। र यो दिन कालो तिल दान गर्नु पनि शुभ मानिन्छ। तर बिर्सिएर पनि शनिवार कालो तिल किन्ने अथवा बेच्ने भूल नगर्नुहोस्। यस्तो गरेमा तपाईँको गर्न लाग्नुभएको कुनै शुभ काममा बाधाअड्चन आइपर्ने सम्भावना बढ्दछ।
६. कालो रङ्गको जत्ता–चप्पल
कालो रङ्गलाई शनिदेवको प्रतिक मानिन्छ। त्यसैले शनिदेवको पूजा(आरधना गर्दा कालो रङ्गको वस्त्र अथवा कुनै सामान चढाउनु लाभदायी मानिन्छ। तर यो दिन तपाईँको कालो रङ्गको जुत्ता अथवा चप्पल किन्नुभएमा तपाईँले आफूले गरेको कामबाट असफलता मिल्ने विश्वास गरिन्छ।
७. विद्यासाधन
पढाई(लेखाई सम्बन्धी जुनकुनै सामानहरू हुन्छन् , कापी, कलम, पेन, मसी, किताब, झोला, इरेजर, कटर, आदि।०, शनिवारको दिन नकिन्नुहोला र आफ्ना बालबच्चालाई पनि यो दिन कापी(कलम किन्न नलगाउनुहोला। यस्ता सामान किन्ने सबैभन्दा शुभदिन भनेको विहिबारको दिन हो।
|
|

Mother Pit Bull Finds Help From Strangers To Rescue Her Puppies - The incident took place in New Orleans when Villalobos team comes across with the stray looking dog. The dog actually is a mother who has recently delivered her babies.