शरीर स्वस्थ्य राख्न किन बायाँतर्फ नै फर्केर सुत्नु पर्छ – जानी राखौं

हामीहरु मध्य धेरैलाई उचित समयमा सुत्नुको फाइदाहरु थाहा हुन सक्छ तर बुझौ बायाँतर्फ नै फर्केर सुत्नु पर्छ। सुत्ने समयको सन्तुलन सँगै सुत्ने तरिका बारे जान्न उत्तिकै महत्वपुर्ण छ । हामीले आराम गर्ने तरिकाले हाम्रो शारीरिक स्वास्थ्यमा ठुलो प्रभाव गरेको पाईएको छ ।

हामी सुत्ने तरिकाले हाम्रो शरीर भित्र रहेका अंगको विभिन्न स्थान जस्तै पाचन प्रणाली, ढाड-कम्मरको स्वस्थता आदिमा पनि असर गर्ने गरेको पाईएको छ । निन्द्रा एउटा एस्तो सुनको सिक्री हो जसले स्वास्थ्य र शरीरलाई सँगै बाँधेर राखने कार्य गर्छ । हाम्रो निन्द्राबाट हामीले उचित लाभ उठाउन सधैं बायाँतर्फ नै फर्केर सुत्नु पर्छ ।

लिम्फको बहाब राम्रो भई स्वास्थ्यमा सुधार आउँछ: हाम्रो शरीरको बायाँपट्टिको भागमा लिम्फ्याटिक प्रणाली हुन्छ जसले शरीरका सबै फोहर-मैलालाई सफा गर्ने कार्य गर्दछ । यो विषयमा पुर्विय र पाश्चात्य चिकिस्त्सकहरुको बिचमा सहमति रहेको देखिन्छ, त्येसैले देब्रे पट्टि फर्केर सुत्ने गरौं ।

भित्रि जलनलाई कम गर्दछ: हाम्रो पेट बायाँ पट्टि हुन्छ र बायाँ पट्टि फर्केर सुत्नाले एसिड उत्पादनमा कमि हुन्छ । त्यसैले चिकित्सकहरुले पनि दायाँ फर्केर नसुत्न सल्लाहा दिन्छन् ।

गर्भवती महिला बायाँ फर्केर सुत्नु राम्रो हो: भित्रि जलन र रगतको बहावलाई कमगरि शिशु र पाठेघरमा रक्त संचारको राम्ररी हुने गर्छ । बायाँ फर्केर सुत्नाले गर्भावस्थामा देखा पर्ने कम्मरको दुखाईलाई पनि कम गर्छ ।

कम्मरको दुखाई ठिक गर्न मदत गर्दछ: हाम्रो कम्मर र ढाडको स्वास्थ्यमा हामीले सुत्ने तरिकाको ठुलो महत्व रहेको देखिन्छ । दैनिक क्रियाकलापहरुबाट हाम्रो ढाडमा धेरै असर पर्ने हुदाँ बायाँ फर्केर सुत्नाले ढाड-कम्मरले आराम पाउने छ । Purbelinews
Loading...