९२ बर्षको उमेरमा साइकल कुदाउदै

बुढ्यौलीले चाउरिसकेको शरीर , अरुको साथमा मात्र हिड्नु पर्ने समय । यद्यपि, मोरङको उर्लाबारी—३ का पदमबहादुर सुनाम साइकल चढेर आफ्ना सवै घरायशी काम फत्ते गर्छन् । २५ वर्षको उमेरमा साइकल चढ्नुभएका सुनामअहिले ९२ वर्ष टेकिसकेका छन् । घरमै आराम गरेर समय कटाउन,धार्मिक पुस्तकहरु पढ्न र पारिवारिक भेटमा मात्र व्यस्त रहन उनलाई घरपरिवारले आग्रह गर्ने गर्छन् । तर उनको मान्दैन । गाउँ वरपर हुने सभासम्मेलनमा पुगिहाल्छन् उनी । ९२ वर्ष पुगिसकेका सुनाम अझै साइकल सरर कुदाउछन् । यो उमेरमा साइकल कुदाएको देखेर जो कोहि आचश्र्यचकित हुने गरेका छन् । घरमा बसिरह्यो भने खुट्टादुख्छ,जिउ कट्कटी खान्छ त्यसैले साइकल कुदाउछु, उनले भने ।

सुनामका अनुसार ‘साइकल कुदाएर डुल्यो भने वरपर के भइरहेको छ थाहा पनि हुन्छ । शरिर तन्दुरुस्त पनि हुन्छ ।’ साइकल सरर कुदाएको हेर्दा जो कोहि छक्क पर्ने गरेको सुनामको अनुभव छ । साइकल कुदाउन खोज्दा देख्ने जो कोहि लड्छन होला भनेर डराउने गरेको उनी बताउछन् । तर साइकल कुदाएपछि छक्क पर्छन्,उनले भने ,‘हाल सम्म गन्तव्यमा पुगिनै रहेको छु । ’

साइकल कुदाउन सुरु गरेको बेला राजमार्ग र ग्रामिण सडकमा सवारीसाधनको चाप असाध्यै कम थियो । अचेल सवारीसाधनको चाप उच्च हुँदै गएपछि ९२ वर्षीय सुनामसाइकल र पदयात्रीका लागि अलग्गै सडक पेटी बन्नुपर्ने धारणा राख्छन् । भन्छन्‘ सडक बिस्तार भएको छैन् । तर यातायातको साधन र जनसंख्या बढेको बढ्यै छ ।

यस्तो अवस्थामा हामीजस्ता पाका साइकल यात्रीलाई दुर्घटनाको जोखिम बढेको छ । ’ यो उमेरमा पनि साइकल कुदाएर टाढा टाढा सम्म पुग्ने गरेको उनलाई दुर्घटना होला भनेर घरपरिवारले सम्झाउछन् । तर अहिले सम्म दै आफ्नो आत्मविश्वासले दुर्घटनामा परेको छैन् । भोजपुर खावा—३ मा जन्मलिएका सुनाम २०३५ सालमा उर्लाबारी झरेका थिए । सकुन्जेल साइकल कुदाइरहने उनको प्रण छ । ‘साइकल मेरो साथी हो,नकुदाई बस्न सक्दिन् । आट भएसम्मको ठाउँ पु¥याउन मदत गर्छ,उनले भने । हाल सम्म आफुले १ दर्जन साइकल फेरिसकेको उनले बताए ।
Loading...