सुन्दा सामान्य लाग्ने मकैका जुगाका फाईदा यस्ता

मकै त हामी रहरले खान्छौँ तर मक्कैको सुत्ला भने हामी फ्याकिदिन्छौ । तर के तपाईलाई थाहा छ मकैको सुत्लाले धेरै रोगहरुबाट छुट्कारा पाउन सकिन्छ । मक्कैको सुत्लामा भिटामिन ए, बी र ई मिनरल्स र क्याल्शियम पर्याप्त मात्रामा पाइन्छ । प्रायःजसो मानिसलाई यसको फाइदाको बारेमा थाहा भएर नियमित आफ्नो डाइटमा समावेश गराउँछन् । भर्खरै गरिएको एक अध्ययन अनुसार मकैको सुत्लामा पोषक तत्व पाईन्छ र यसले रोगहरुसंग लड्ने क्षमता बढाउँछ । १. किडनी स्टोनः मक्कैको सुत्लाले किड्नीमा भएको टक्सिन्स र नाइट्रेटलाई बाहिर निकाल्छ , जसले किड्नी स्टोन हुने खतरा कम भएर जान्छ । २. रगत जमाउनमा मद्दत गर्छः भिटामिन के अधिक मात्रामा हुन्छ, जसले रगत जमाउने क्षमतामा बृद्धि गर्छ । साथै चोट लागेमा रगत कम बग्ने हुन्छ । ३. डायबिटीजलाई नियन्त्रणमा राख्छः रगतमा इन्सुलिनको मात्रा सन्तुलित राख्नमा यसले मद्दत गर्छ । जसले डायबिटीज पनि नियन्त्रणमा रहन्छ । ४. पाचनमा सहयोग गर्छः यसले मानिसको पाचन प्रक्रियालाई बलियो बनाई राख्छ । साथै खाना राम्ररी पचाउँछ र भोक पनि लाग्छ । ५. कोलेस्ट्रोललाई नियन्त्रण गर्छः यसले मुटुको धमनिहरुमा जमेको कोलेस्ट्रोललाई बाहिर निकाल्छ । ६. मुटुको रोग हुनबाट जोगाउँछः मकैको जुँगाले कोलेस्ट्रोल नियन्त्रणमा रहन्छ र मोटोपनामा पनि कमि आउँछ । मुुटुको रोग हुनबाट यसले जोगाउँछ । ७. ब्लैडर ईन्फेक्शनमा सुरक्षाः मकैको सुत्लाले ब्लैडरमा ईन्फेक्सन उत्पन्न गराउने माइक्रोब्सलाई नष्ट गर्छ ।
Loading...