धेरै नाम कमाएका तर, कम पढेका दश भारतीय कलाकार

जीवनमा शिक्षाको महत्व एकदमै धेरै छ । सफलता पाउनका लागि पनि धेरै पढनु जरुरी छ भन्ने धेरैको बिचार छ । तर, यो कुरा भारतीय चलचित्र उद्योगमा भने लागू हुँदैन । किनकी भारतीय चलचित्र बजारमा थोरै पढेका यसता कलाकार छन् जसले नाम र दामको हिसाबले भने धेरै चर्चा कमाएका छन् । हेनुर्स, धेरै नाम कमाएका तर, कम पढेका दश भारतीय कलाकार :
१) सलमान खान : सलमान खान वलिउडका अहिलेका सबैभन्दा नाम चलेका र महँगा कलाकार हुन् । तर, सलमान खानले र्हास्कुलसम्म मात्र अध्ययन गरेका छन् । सलमानले आफ्नो विधालयको शिक्षा वान्द्रास्थित सेन्ट स्टानस्ल्स हाईस्कुल बाट पूरा गरेका हुन् । उनले कलेजका लागि एलफिन्स्टोन कलेज भर्ना गरेपनि उनले दोश्रो वर्षबाट कलेज गएनन ।



२. क्याटरिना कैफ : क्याटरिनाले आफ्नो परिवारको कारण एक शहरबाट अर्को शहरसम्म धेरैपटक सरिरहनुपर्यो । यसैक्रममा एकदमै कलिलो उमेरमा उनी मोडलिङ क्षेत्रमा प्रवेश गरिन । जसका कारण उनले आफ्नो पढाईलाई निरन्तरता दिन सकिनन ।

३.अक्षय कुमार : अक्षयले आफ्नो विद्यालय शिक्षा डनबस्को स्कmुबाट पूरा गरेका हुन् । कलेज शिक्षाको लागि उनले मुम्बईस्थित गुरु नानक खास्ता कलेजमा भर्ना गरेपनि अक्षयले त्यसको १ वर्षपछि नै कलेज छाडे र मार्सल आर्टस सिक्न बैंकक गए ।

४. दिपिका पादुकोण : दिपिकाले आफ्नो विधालय जीवन बैंग्लोरस्थित बैग्लोर सोफिया हाइस्कुलबाट पूरा गरिन । त्यसपछि आफ्नो प्रि–युनिभर्सिटी शिक्षा माउण्ट कार्मेल कजेजबाट सकाइन । तर ब्याचलर अफ आर्टसका लागि इन्दिरा गान्धी खुला विश्वविधालय भर्ना गरकी दिपिकाले आफ्नो व्यस्त मोडलिङ क्यारियरका लागि पढाई पूरा गर्न सकिनन


५.रणवीर कपुर : रणवीर कपुरले आफ्नो विधालय शिक्षा बम्बे स्कटिस स्कूल अफ माहिमबाट पूरा गरे । तर, उनी पढाईमा रुचि नभएका कारण उनका सहपाठीहरुमध्ये एकदमै कम अंक ल्याउँथे । पछि उनले यसैकारण पनि होला कि पढने जाँगर चलाएनन ।


६. काजोल : काजोलले पनि आफ्नो पढाई बीचमै छाडिन । काजोलले सेन्ट जोसेफ बोर्डिङ स्कुलमा अध्ययन गरेकी हुन् । तर, उनले सोह्र वर्षको उमेरमै राहुल रावलको चलचित्र बेख्दीमा काम गर्न थालिन । पहिले उनी स्कूल नछाड्ने उद्देश्यले हरेक दिन सुटिङ सकाएर विधालय जान्थिन भने पछि यो चलचित्रको सुटिङ उनको वर्खे बिदामा सकाइएको थियो । तर, पछि उनले आफ्नो क्यारियरलाई अघि बढाउन पढाईलाई अघि बढाउन सकिनन ।
७. अमीर खान :अमीर खानले आफ्नो प्राथमिक शिक्षा जेबी पेटिट स्कूलबाट पूरा गरे भने कक्षा ८ सम्म सेन्ट एनी हाइस्कूलमा पढे र उनले ९ र १० कक्षा भने बम्बे स्कटिस स्कूल महिमबाट पूरा गरे । उनी विधालय पढ्दै गर्दा टेनिसको स्टेट लेभल च्याम्पियनसिप पनि खेलेका थिए । उनको ध्यान पढाईमा भन्दा खेलतिर धेरै थियो । पछि उनले आफ्नो १२ कक्षासम्मको पढाई मुम्बईै नार्सी मोन्जी कलेजबाट गरे र पढाईलाई बिट मारे ।


८. ऐश्वर्या राय: ऐश्वर्याले आर्य विधा मन्दिरबाट हाईस्कूल पूरा गरिन भने उनले इन्टरमिडिया शिक्षा जय हिन्द कलेजमा एक वर्ष र अर्को वर्ष डिजी रुपारियल कलेजबाट पढेर पूरा गरिन । उनले आफ्नो टीनएजमा ५ वर्ष क्लासिकल डान्स र संगीत सिकेकी थिइन । पहिले उनी आफ्नो क्यारियर मेडिसिन क्षेत्रमा बनाउन चाहन्थिन । तर, पछि उनले आर्किटेक्ट बन्ने निर्णयका साथ रहिजा कलेज भर्ना भइन । तर, उनले मोडलिङमा ब्यस्त आफ्नो क्यारियका कारण पढाई बीचमै छाडिन ।



९. श्री देवी : श्री देबीले बालकलाकारको रुपमा आफ्नो अभिनय शुरु गरिन र सानै उमेरमा चलचित्र क्षेत्रमा नाम कमाइन । तर, श्रीदेवीले पढाईमा भने ध्यान दिन सकिनन र उनी कम पढने कलाकार मध्येमा पर्छिन


१०. प्रतीक बब्बर : प्रतिकले आफ्नो विधालय शिक्षा एभीएम बान्द्रा हाईस्कुल बाट पूरा गरे । विश्वबिधालय शिक्षाका लागि जय हिन्द कलेज भर्ना भएर र पछि एन्ड्रयु कलेजमा सरे । तर, उनले आफ्नो ग्रयाजुयसन भने गर्न सकेनन ।
Loading...