२५ हजारसम्म भारु साट्न पाइने सम्भावना

काठमाडौं, कात्तिक २८ । एकजना नेपालीले आफूसँग भएको हजार र ५ सय दरको बढीमा २५ हजार भारतीय रुपैंया(भारु) सम्म साटेर नेपाली रुपैंया लिन पाउने सम्भावना बढेको छ ।भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इन्डिया(आरबीआई) सो परिमाणको भारु सटहीका लागि सकरात्मक रहेको र त्यसैअनुसारको व्यवस्था मिलाउन भारतको वित्त मन्त्रालयलाई पत्राचार गरेको हो ।

नेपाल राष्ट्र बैंकले प्रतिब्यक्ति २५ हजार भारुसम्म साट् पाउने व्यवस्था मिलाइदिन आरबीआईलाई पत्राचार गरेको थियो । यस्तै राष्ट्र बैंकका अभिकारीले आरबीआईका अधिकारीहरुलाई टेलिफोन सम्पर्क गरेर पनि त्यस्तो व्यवस्थाका लागि आग्रह गरेका थिए ।

नेपालको अनौपचारिक बैंकिङ प्रणालीभित्र सो दरका जम्मा साढे तीन करोड भारु रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

तर भारतसँग आयात निर्यात व्यापारमा संलग्न ब्यापारी, भारतमा गएर ज्याला मजदुरी गर्ने मध्य र सुदुरपश्चिममा सर्बसाधारण नेपाली, भारतका गोरखा फौजमा कार्यरत नेपालीसँग यी दरका नोट बढी भएको अनुमान गरिएको छ ।
आजको राजधानी दैनिकमा खबर छ ।

Loading...